लकडाउनको आज सय दिन पुग्यो, संक्रमण बढ्दै, डर घट्दै – Kanika Khabar
Tuesday, June 9Nepali News Portal

लकडाउनको आज सय दिन पुग्यो, संक्रमण बढ्दै, डर घट्दै

    मा प्रकाशित

कनिका डेस्क
असार १७, दाङ
कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनको आज सय दिन पुगेको छ । लकडाउन अर्थात् बन्दाबन्दीको सयदिन मध्ये पछिल्लो ३० दिनमा कोरोना संक्रमणको दर ९५ प्रतिशत बढेको देखिएको छ । आज बिहानसम्म देशभर संक्रमितको संख्या १३ हजार पाँच सय भन्दा बढी पुगेको छ ।

संक्रमणको दर बढेपनि मान्छेको मनमा भने डर घटेको छ । जनजीवन सामान्यजस्तै भीडभाड हुन थालेको छ । संक्रमण समुदायमा समेत पुगेको संकेतहरू आएपनि लकडाउन खुकुलो भएसँगै भिडभाड बढेकाले अझै तीव्र गतिमा बढ्न सक्ने चिकित्सकहरूको भनाइ छ । पूर्व स्वास्थ्य सचिव तथा विज्ञ डाक्टर प्रविण मिश्रले अहिले सबैभन्दा धेरै नागरिक सचेत हुनुपर्ने र होम क्वारेन्टाइनमा बसेर पनि सुरक्षित रहन सकिने बताउनुभयो । विश्व स्वास्थ्य संगठनले पनि नेपालमा कोरोना संक्रमण समुदायस्तरमा पुगिनसकेको जनाएको छ । तर, परीक्षण नै थोरै भएकाले समुदायमा पुगिसकेको हुन सक्ने आंशका धेरैको छ  । नेपालमा अहिलेसम्म ३० जनाको मृत्यु भएको छ  ।

तीन हजार एक सय ९४ उपचारपछि निको भएर घर फर्किएका छन् । दश हजार तीन सय ४१ जनाको उपचार भइरहेको छ । देशभरका क्वारेन्टाइनमा ५३ हजार ७० जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ  । नेपालमा संक्रमित देखिएका ९५ प्रतिशत विदेशबाट आएर क्वारेन्टाइनमा बसेकाहरू छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्