तुलसीपुर पुलचोकमा सञ्चालन हुने महापुुराणको तयारी तीव्र – Kanika Khabar
Friday, May 17Nepali News Portal

तुलसीपुर पुलचोकमा सञ्चालन हुने महापुुराणको तयारी तीव्र

    मा प्रकाशित

तुलसीपुर २२ फागुन
तुलसीपुर उपमहानगरपालिका वडा न. ५ नयाँ बस पार्क पुलचोकमा सञ्चालन हुन लागेको श्रीमद्भागवत महापुराण तथा शिव चर्चा २०७९ को तयारी तीव्र पारिएको छ । जयशिव महाकाल मानवसेवा आश्रमको आयोजनामा फागुन २४ गतेदेखि ३० गतेसम्म श्रीमदभागवत महापुराण सञ्चालन हुन लागेको हो । आयोजक जयशिव महाकाल मानवसेवाले श्रीमदभागवत महापुराणको तयारी तीव्र पारिएको जनाएको छ । अहिले महापुराण सञ्चालन हुने स्थानमा सरसफाई गर्नुका साथै मञ्च बनाउने काम भईरहेको जयशिव महाकालका सचिव शम्भु बुढा मगरले जानकारी दिए ।

No description available.

जयशिव महाकालले तुलसीपुरस्थित वस पार्कमा १२५ दिनदेखि कोही नभएका र केही नभएका भोकाहरुलाई भोजन र प्यासीलाई पानी भन्ने नाराका साथ निःशुल्क रुपमा खाना खुवाउँदै आएको छ । खासगरी केही नभएकाहरुलाई खाना खुवाउने मात्रै नभएर उनीहरुको उपचार गर्नुका साथै बस्नको लागि घर बनाउने उदेश्यले महापुराण आयोजना गरिएको जयशिव महाकाल मानवसेवा आश्रमका सचिव मगरले जानकारी दिए । महापुराणमा आर्थिक दान संगै नच्यातिएको सफा कपडा पनि दान गर्न सकिने आयोजकले जनाएको छ ।

महापुराणको प्रमुख कथा वाचकमा श्री अच्युतशरण धिताल र उपवाचकमा पण्डित अंगिरा जोशी रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्