गाेर्खा ग्रुपकाे परियाेजना कार्यमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार – Kanika Khabar
Sunday, May 19Nepali News Portal

गाेर्खा ग्रुपकाे परियाेजना कार्यमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार

    मा प्रकाशित

दाङ, २२ फागुन ।

गाेर्खा ग्रुपद्वारा आयाेजित परियाेजना कार्यमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएकाे छ ।

गाेर्खा ग्रुपद्वारा सञ्चालित विद्यालयका विद्यार्थीहरूबिच परियाेजना कार्य प्रतियोगिता आयाेजना गरिएकाे थियाे । परियाेजना कार्यमा गाेरखा ग्रुपद्वारा सञ्चालित गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घाेराही, गाेरखा मावि तुलसीपुर र गाेरखा माेडल लमहीका कक्षा ११ र १२ का विद्यार्थी सहभागी भएका थिए ।

परियाेजना कार्य विभिन्न विधामा सम्पन्न भएकाे थियाे ।
लाेक कथा नेपालीमा सुस्मिता भण्डारी (घाेराही) प्रथम, विशाल अधिकारी (लमही ) द्वितीय र सुविक्षा शाह (घाेराही) तृतीय भएका थिए ।

लाेककथा अङ्ग्रेजीमा प्रविण गाैतम (घाेराही) प्रथम, प्रकृति चाैधरी (घाेराही) द्वितीय र सिर्जना वली (घाेराही) तृतीय भएका थिए ।

निबन्ध लेखन अङ्ग्रेजीमा समीक्षा हमाल (तुलसीपुर ) प्रथम, आयाम डिसी (घाेराही) द्वितीय र दीपा चाैधरी ( तुलसीपुर ) तृतीय भएका थिए ।

निबन्ध लेखन नेपालीमा शुभम बुढाथोकी (घाेराही) प्रथम, मेलिना बिष्ट (तुलसीपुर) द्वितीय र स्वस्तिका रेग्मी ( लमही) तृतीय भएका थिए ।

चित्रकलामा कृष्णराज गिरी (घाेराही) प्रथम, एलिना खड्का (घाेराही) द्वितीय र स्मृति नेपाली ( तुलसीपुर ) तृतीय भएका थिए ।

सारांश लेखन नेपालीमा प्रकृति चाैधरी (घाेराही) प्रथम, युवराज रेग्मी (घाेराही)द्वितीय र प्रियङ्का भुसाल (घाेराही) तृतीय भएका थिए ।

सारांश लेखन अङ्ग्रेजीमा आकृती केसी (घाेराही) प्रथम र सुजाता गाेराथाेकी (घाेराही) द्वितीय भएका थिए ।

गायनमा नितेश अधिकारी (घाेराही) प्रथम, दिपक वली (घाेराही)द्वितीय र महेश बुढा मगर (घाेराही) तृतीय भएका थिए ।

जीवनी लेखन अङ्ग्रेजीमा उत्सव घिमिरे (घाेराही) प्रथम, तिर्सना चाैधरी (घाेराही) द्वितीय र भूमिका पाैडेल ( लमही) तृतीय भएका थिए ।

जीवनी लेखन नेपालीमा बिनिता कुवँर (घाेराही) प्रथम, उत्सव घिमिरे (घाेराही) द्वितीय र सपना चाैधरी (घाेराही) तृतीय भएका थिए ।

प्रथम हुनेलाई रू ५ हजार, द्वितीय हुनेलाई रू ३ हजार र तृतीय हुनेलाई रू २ हजार र प्रमाणपत्र प्रदान गरिएकाे थियाे ।

बिगत दुई वर्षदेखि गाेर्खा ग्रुपले परियाेजना कार्यकाे प्रतियोगिता गराउँदै आएकाे गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घाेराहीका प्रिन्सिपल मानसिंह घर्तीले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्