मेचीकालीमा किड्स ओलम्प्याड र फुड फेस्टिवल – Kanika Khabar
Sunday, May 19Nepali News Portal

मेचीकालीमा किड्स ओलम्प्याड र फुड फेस्टिवल

    मा प्रकाशित

दाङ, २२ फागुन ।
दाङकाे घाेराहीस्थित मेचीकाली सेकेन्डरी बाेर्डिङ स्कुलमा किड्स ओलम्प्याड सम्पन्न भएकाे छ ।

आज साेमबार विद्यालयले एक कार्यक्रमकाे आयाेजना गरी किड्स ओलम्प्याड सम्पन्न गरेकाे हाे ।
कार्यक्रममा प्रि प्राइमरी तहका विद्यार्थीहरू सहभागी भएका थिए । कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्यका साथै बल कलेक्टिङ, म्याथ रेस, पजल, पिक्चर म्याचिङ, बल पासिङ लगायतका खेल भएका थिए ।
कार्यक्रममा विद्यालयका शिक्षिकाहरूकाे समुहले नृत्य प्रस्तुत गरेका थिए ।

खेलमा सहभागी भएका सबै विद्यार्थीहरूलाई विजयी घाेषणा गरिएकाे थियाे । विजेताहरूलाई मेडल, प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएकाे थियाे । सहभागी सबै विजेता हुने कार्यक्रम आयाेजना गरेकाेमा वक्ताहरूले विद्यालयप्रति धन्यवाद प्रकट गरेका थिए।

यसैबीच विद्यालयले फुड फेस्टिवल कार्यक्रम पनि सम्पन्न गरेकाे छ । कक्षा ८ मा अध्ययनरत विद्यार्थी र पिस क्लबले फुड फेस्टिवलमा ढिक्री, सेल राेटी, रसवरी, पानी पुरी,चटपटे, मम, आलु चप, अचारलगायतका परिकार बनाएका थिए । फुड फेस्टिवलमा विद्यार्थीहरूले प्रत्यक्ष व्यापार समेत गरेका थिए । कक्षा ८ काे पेसा, व्यवसाय तथा प्रविधि विषयकाे प्रयाेगात्मक कक्षा लागि फुड फेस्टिवल आयेजना गरिएकाे विद्यालयका इन्चार्ज नवराज खत्रीले बताए । साथै फुड फेस्टिवलबाट विद्यार्थीहरूले ५० हजार बराबरकाे आम्दानी गरेकाे र आम्दानी रकमलाई सामाजिक कार्यमा लगाउने पनि इन्चार्ज खत्रीले बताए ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष धर्मबहादुर केसीकाे अध्यक्षता तथा प्याब्सन लुम्बिनी प्रदेशका काेषााध्यक्ष अमर सुवेदीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियाे ।

कार्यक्रममा घाेराही नगर प्याब्सनका अध्यक्ष बीरेन्द्र चन्द, शिक्षक अभिभावक संघका अध्यक्ष माैसम आचार्य र विकास नगर टाेल समितिका अध्यक्ष बेचन वली लगायतले मन्तव्य राखेका थिए ।

विद्यालयका प्रिन्सिपल चक्रबहादुर रावतकाे स्वागत मन्तव्यबाट शुभारम्म भएकाे कार्यक्रमकाे सहजीकरण विद्यालयका शिक्षिका सविता पाण्डेले गरेकी थिइन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्