माइक्रोबस चोर्ने युवक पक्राउ – Kanika Khabar
Friday, March 28Nepali News Portal

माइक्रोबस चोर्ने युवक पक्राउ

    मा प्रकाशित

कनिका संवाददाता
असार १७ लमजुङ
लमजुङमा माइक्रोबस चोरी गर्ने एक युवकलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ । क्व्होलासोथर गाउँपालिका १ बस्ने वर्ष २७ का गजेन्द्र परियारलाई सुन्दरबजार नगरपालिका २ हाडेटारबाट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी गंगाबहादुर थापाले असार १४ गते राती बेसीशहर नगरपालिका २ भकुण्डे बस्ने राजेश धितालको घर नजिकै सडकमा पार्कीङ गरी राखेको बा २ ख ७९६७ नम्बरको माइक्रोबस (हाइस) चोरेको अभियोगमा परियारलाई पक्राउ गरिएको बताउनुभयो । पक्राउ परेका परियारको चोरी मुद्दामा जिल्ला अदालत लमजुङबाट म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्