आज तराईमा होली पर्व मनाइँदै – Kanika Khabar
Friday, May 17Nepali News Portal

आज तराईमा होली पर्व मनाइँदै

    मा प्रकाशित

दाङ, २३ फागुन ।
आज फागु शुक्ल पूर्णिमा अर्थात् तराईमा होली खेल्ने दिन। देशका पहाडी भागमा हिजो मनाइने होली पर्व तराईमा भने आज धुमधामका साथ मनाइँदै छ।

आज तराईका अधिकांश जिल्लाहरूस् बाँके, बर्दिया, धनुषा, महोत्तरी, सर्लाही, सिराहा, सप्तरीलगायतमा विशेष उल्लासका साथ होली पर्व मनाइँदैछ। तराईका अरू जिल्लाहरूमा पनि उस्तै खुसीयाली र धूमधामसँग होली पर्व मनाउने गरिन्छ।

सरकारले यस पर्वको अवसरमा तराईका होली खेल्ले जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ। हिजो पहाडी भागमा मनाइने होलीको अवसरमा पहाडी भागमा सार्वजनिक बिदा थियो।

होलीको अवसरमा एक आपसमा रङ्ग, अबीर लगाई नाच्दै र जोगिरा गाउँदै होलीलाई विशेष उत्सवको रूपमा लिइन्छ। काठमाडौँ उपत्यका सहित पहाडी क्षेत्रमा बसोबास गर्ने तराईका बासिन्दाले पनि आपसमा शुभकामना आदानप्रदान सहित होली पर्व मनाउँदै छन्।

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्