सूचना प्रविधिको उपयोगमा महिलाको पहुँच विस्तार : सञ्चारमन्त्री शर्मा – Kanika Khabar
Friday, May 17Nepali News Portal

सूचना प्रविधिको उपयोगमा महिलाको पहुँच विस्तार : सञ्चारमन्त्री शर्मा

    मा प्रकाशित

काठमाडौँ, २४ फागुन ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधान र कानुनमा महिलाका पक्षमा भएका व्यवस्थाहरु कार्यन्वयन हुन नसक्ने चुनौती भएको बताएकी छन् । एक सय १३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा एक विज्ञप्ति जारी गर्दै शर्माले राज्यका हरेक निकायमा महिलाको प्रतिनिधित्व गराउनुपर्ने बताइन् ।

मन्त्री शर्माले सूचना प्रविधिको उपयोगमा महिलाको पहुँच विस्तार गरी सेवा प्रवाह, उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जोड दिएकी छन् । मन्त्री शर्माले राज्यका सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागितासहित सारभूत समानता कायम गरी लैङ्गिक न्याय, समानतामूलक राष्ट्र निर्माण गर्ने कार्यमा सम्बद्ध सबैको ध्यान पुग्न जरुरी रहेको बताइन् ।

तीव्र गतिमा भएको प्रविधिको विकासले महिलाको जीवनयापन सहज बनाएको भए पनि प्रविधिमा महिलाको पहुँच अपेक्षाकृत हुन नसकेको उल्लेख गर्दै उनले प्रविधिमा पहुँच विस्तार गरी महिलाको सुरक्षा, सम्मान र रोजगारीमा विशेष व्यवस्थासहित न्याय र समानतामा आधारित समुन्नत राष्ट्र निर्माणको यात्रामा प्रतिबद्ध हुन सबैलाई प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरिन् ।

‘राज्यको हरेक तहमा महिलाको प्रतिनिधित्व सुनिश्चितता, मातृ मृत्युदरमा उल्लेखनीय सुधार, कूल साक्षरता दर र औसत आयुमा वृद्धि तथा आर्थिक सशक्तिकरणको सूचकहरूमा आएको सकारात्मक परिवर्तनले महिलाको सुधारोन्मुख अवस्था झल्काउँछ । संविधान र कानुनमा महिलाका पक्षमा भएका व्यवस्थाहरू व्यवहारतः कार्यान्वयन हुन नसक्नु हाम्रो चुनौती हुन् ।

नेपालमा सञ्चालित विभिन्न सङ्घर्ष, आन्दोलन, विद्रोह, युद्धबाट प्राप्त उपलब्धि र महिलाका पक्षमा भएका अधिकारलाई कार्यान्वयन गर्दै हाम्रो समाजमा रहेको राजनीतिक अधिकार, चेतना तथा विद्यमान विकृतिद्वारा थुपारिएको कुप्रचलनबीचको अन्तर्विरोधको समाधान आजको आवश्यकता हो’, सञ्चारमन्त्री शर्माद्वारा आज जारी शुभकामना सन्देशमा उल्लेख छ ।

महिलाको सामाजिक, आर्थिक, सांस्कृतिक, र राजनीतिक, अधिकार सुनिश्चित गर्न आफ्नो जीवन अर्पण गर्नुहुने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सञ्चारमन्त्री शर्माले यस अवसरमा सम्पूर्ण महिला, दिदीबहिनी, तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेकी छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्