राष्ट्रपति निर्वाचनमा राप्रपा तटस्थ बस्ने – Kanika Khabar
Friday, May 17Nepali News Portal

राष्ट्रपति निर्वाचनमा राप्रपा तटस्थ बस्ने

    मा प्रकाशित

काठमाडौं, २४ फागुन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने भएकाे छ । राप्रपाले राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने निर्णय गरेको हाे ।

राप्रपाको बुधबार बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रपति चयनका लागि बिहीबार हुने निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको हो ।

राप्रपा केन्द्रीय समितिमा राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्छ भन्ने मत बलियो भएपछि यो निर्णय आएको हो । राष्ट्रपति निर्वाचनका लागी सम्पूर्ण तयारी पुरा भइसकेको छ ।

राष्ट्रपति चयनका लागि बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान कार्यक्रम रहेको छ । राष्ट्रपति पदका लागि एमालेबाट सुवासचन्द्र नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्