आज राष्ट्रपतिकाे निर्वाचन : बिहान १० बजेदेखि मतदान सुरू – Kanika Khabar
Friday, May 17Nepali News Portal

आज राष्ट्रपतिकाे निर्वाचन : बिहान १० बजेदेखि मतदान सुरू

    मा प्रकाशित

काठमाडौं, २५ फागुन ।

आज तेस्राे राष्ट्रपतिको निर्वाचन हुँदैछ। देशको तेस्राे राष्ट्रपतिका लागि हुने निर्वाचनको मतदान बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ। संघीय संसद अर्न्तगत प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य तथा सातवटै प्रदेश सभाका सदस्यले मतदान गर्नेछन्।

‘बिहान १० बजेदेखि मतदान सुरु हुनेछ र ३ बजे भित्र मतदान सम्पन्न हुनेछ,’ निर्वाचन अधिकृत महेशराज पौडलले भने, ‘मतदानका लागि ३ बजे भित्र लाइन बसिसकेका सांसदले मतदान गर्न पाउनेछन, तीन बजेपछि उपस्थित मतदाता भने मतदानबाट बञ्चित हुनेछन।’

राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्