राष्ट्रपतिको निर्वाचन : दुवै उम्मेदवारले गरे मतदान – Kanika Khabar
Friday, May 17Nepali News Portal

राष्ट्रपतिको निर्वाचन : दुवै उम्मेदवारले गरे मतदान

    मा प्रकाशित

काठमाडौँ,२५ फागुन ।
आज बिहीबार नेपालमा राष्ट्रपति चयनका लागि निर्वाचन भइरहेको छ । राष्ट्रपतिको उम्मेदवारमा नेपाली काङ्ग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका तर्फबाट सुवास नेम्वाङ रहेका छन् ।

नयाँ बानेश्वरस्थित संसद भवनमा मतदान भइरहेको छ । राष्ट्रपति पदका दुवै उम्मेदवारले मतदान गरिसकेका छन् । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।

राष्ट्रपति निर्वाचनमा कांग्रेससँग सबभन्दा धेरै, १६ हजार २ सय २१ मतभार छ। दोस्रो स्थानमा रहेको एमालेसँग १५ हजार २ सय ३३ मतभार छ। तेस्रो स्थानमा रहेको माओवादी केन्द्रसँग ७ हजार ६ सय ४९ मत छ।

त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीसँग २ हजार ५ सय ७४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग २ हजार ४ सय ५० र जनता समाजवादी पार्टी (जसपा) सँग २ हजार १ सय ४५ मतभार छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग १ हजार ५ सय १ मत छ भने जनमत पार्टीसँग १ हजार २ सय ४२ मतभार छ। अरू साना दलहरूसँग एक हजारभन्दा कम मतभार छ।

राष्ट्रपति निर्वाचित हुन कुनै पनि उम्मेदवारले यो मतको बहुमत अर्थात् २६ हजार ३ सय ५४ मत ल्याउनुपर्नेछ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्