प्रतिनिधि र राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारित – Kanika Khabar
Friday, April 26Nepali News Portal

प्रतिनिधि र राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारित

    मा प्रकाशित

कनिका संवाददाता
असार १७, काठमाडौं ।
नेपाली काँग्रेसका सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आजको संसद बैठक काँग्रेस सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो । २०७४ सालमा नेपाली काँग्रेसको तर्फबाट समानुपातिकबाट निर्वाचित छन्त्यालको आज बिहान निधन भएको थियो ।

मुटुसम्बन्धि रोगबाट पीडित उहाँको गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा निधन भएको हो । बाग्लुङको तमानखोला पाँचमा जन्मिनुभएका छन्त्याल ढोरपाटन नगरपालिका एक बुर्तिवाङमा बस्दै आउनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक असार २२ गते एक बजेसम्मका लागि स्थगित भएको सभामुख अग्निसापकोटाले बताउनुभयो । यस्तै राष्ट्रियसभा बैठक पनि छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ ।

बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो । सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै भोलि दिउँसो एक बजे बस्ने गरी बैठक स्थगित भएको राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्