तातोपानी सडक अवरोध नहुने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

तातोपानी सडक अवरोध नहुने

    मा प्रकाशित

कनिका सम्वाददाता
असार १७, सिन्धुपाल्चोक
वर्षाका कारण क्षति पुगेका तातोपानी सडक खण्ड तत्काल सञ्चालन गरिने भएको छ । वर्षात सुरु भए सँगै पहिरोले अवरोध गरेका ठाँउ खुलाउने र पहिरोको सम्भावित ठाँउमा वैकल्पिक मार्ग निर्माण गर्न भौतिक योजना मन्त्रालय र सडक विभागले तदारुकता देखाएको हो । सोमवार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की र सडक विभागका महानिर्देशक केशव शर्माले अरनिको राजमार्गको कोदारी सम्म निरीक्षण गरि जीर्ण सडकको स्तरोन्नति गर्न पहल सुरु हुने वताउनुभयो ।

नेपाल चीन वीचको प्रमुख नाका तातोपानीलाई निरन्तर सञ्चालनको लागि उच्च प्राथमिकतामा राखिएकोले सडक समस्या हुन नदिने गरि काम गरिएको सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख विजय महतोले जानकारी दिनुभयो । वाढी पहिरोका कारण सडक अवरोध भए तत्काल खुलाउन दुई वटा मेसिन तयारि अवस्थामा राखिएको उहाँले बताउनुभयो । उहाँका अनुसार तातोपानि सडक खण्डको झ्याले, लार्चामा पहिरोले अवरोध गरेको छ भने सडक नियमित गर्न आवश्यक स्रोत साधन सहित निर्देशन प्राप्त भएको छ । वर्षा सँगै पहिरोको कारण वेला वेला सडक अवरोध भएकोले सामान आयातमा समस्या भएको उहाँले वताउनुभयो ।

तातोपानी भन्सार सुख्खा वन्दरगाहमा दैनिक १५ कन्टेनर सम्मको भन्सार हुने गरेको छ । चीन तर्फ नेपाल ल्याउने सामाग्री वोकेका कन्टेनर पालो कुरेर वसेको व्यवसायी वताउछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्