रेडक्रस सोलुखुम्बुको एम्बुलेन्स २ बर्ष देखि बेबारिसे – Kanika Khabar
Friday, March 29Nepali News Portal

रेडक्रस सोलुखुम्बुको एम्बुलेन्स २ बर्ष देखि बेबारिसे

    मा प्रकाशित

कनिका सम्वाददाता
असार १७, सोलुखुम्बु
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सोलुखुम्बुको एम्बुलेन्स २ बर्ष देखि सदरमुकाम सल्लेरीको सडकमा बेबारिसे बनेको छ । भारतिय दुतावासद्धारा करिब ११ बर्ष अघि रेडक्रसलाई सहयोग स्वरुप प्राप्त भएको एम्बुलेन्स करिब २ बर्ष देखि सल्लेरीको सडकमा बेबारिसे बनेको हो ।

जिल्लाकै पहिलो बा ७ च ३८५७ नम्बरको उक्त एम्बुलेन्स भारत स्वतन्त्रताको उपलक्ष्यमा वि.स. २०५५ साल फागुनमा भारतिय दुतावासले सहयोग गरेको थियो । करिब करिब ९ बर्ष सञ्चालन भएको एम्बुलेन्स मर्मतका लागी ठुलो धनराशी खर्च हुने भएकाले दाताको खोजीमा रहेको रेडक्रस जिल्ला शाखा सोलुखुम्बुका सभापति रामकाजी श्रेष्ठको भनाई छ । उहाँका अनुसार उक्त एम्बुलेन्स मर्मतका लागी ६ लाख ४१ हजार बराबरको लागत लाग्ने अनुमान छ ।

नँया खरिदका लागी करिब १२ लाख रुपैया पर्ने एम्बुलेन्स मर्मत खर्च नै ६ लाख ४१ हजार रुपैया लाग्ने भएपछि समस्या भएको उहाँको भनाई छ । लामो समय ग्रामीण भेगमा सञ्चालन भएका कारण इन्जिन लगायतका अन्य पाटपुर्जा बिग्रिएको सभापती श्रेष्ठले बताउँनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्