दाङमा प्रजातान्त्रिक सम्पर्क महासंघ गठन – Kanika Khabar
Thursday, March 28Nepali News Portal

दाङमा प्रजातान्त्रिक सम्पर्क महासंघ गठन

    मा प्रकाशित

कनिका खबर
दाङ १७ असार ।
नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघको दाङ जिल्ला शाखा गठन गरिएको छ । बुधबार महेन्द्र वहुमुखी क्यापम्स दाङका प्राध्यापक प्रकाश श्रेष्ठको अध्यक्षतामा १७ सदस्सीय नयाँ कार्यसमिति गठन गरिएको हो । लोकतन्त्रमा बिश्वास राख्ने व्यवसायी तथा पेशाकर्मीहरूको संगठनका रुपमा गठित उक्त संस्थाले लोकतान्त्रिक संरचनाहरुको प्रबद्र्धन र लोकतान्त्रिक पद्दतिको निरन्तरताका लागि काम गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

नवगठित समितिमा विभिन्न पेसा व्यवसायमा आवद्ध व्यक्तिहरुको सहभागिता रहेको छ । समितिको उपाध्यक्षमा वसुन्धरा गौतम, सचिवमा शिशिर अधिकारी, सहसचिवमा जागेश्वर खडका र कोषाध्यक्षमा सरोज शाह रहेका छन् । यसैगरी समितिको सदस्यहरुमा डा.चेतनारायण पान्डे, विलोचन चौधरी, जानुका के सी, ज्ञानबहादुर रायमाझी, विवेक खडका, दल वहादुर थापा, चित्र वहादुर नेपाली, नारायण डाँगी, शुष्मा चन्द, खडगबहादुर थापा, हरिबहादुर कुवर र जवरुद्धिन राइन रहेका छन् ।
समितिको सल्लहाकारमा नेपाली काङ्ग्रेस दाङका जिल्ला सभापति कीर्र्तिबहादुर खडका, प्रा.डा.अर्जुन वुढाथोकी र पत्रकार विपुल पोख्रेललाई सल्लहाकारमा चयन गरेको छ । सल्लहाकार समिति सात सदस्य रहने र उक्त समितिमा अन्य सदस्य थप गर्ने पनि आजको वैठकले निर्णय गरेको छ ।

नवगठित समितिकोे पहिलो वैठकले विभिन्न निर्णयहरु पनि गरेको छ । समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा वसेको वैठकले नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघको केन्द«ीय समितिलाई धन्यवाद दिएको छ । यस्तै वैठकले संस्थाको क्षेत्रीय समिति, नगर र वडा समिति गठन गर्ने निर्णय गरेको छ । यस्तै वैठकले कोभिड १९ को सक्रमणका कारण ज्यान गुमाएका स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइप्रति समवेदना व्यक्त गरेको छ भने संक्रमितको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । यस्तै वैठकले शान्ती नगर गाउँपालिका वर्डा न २ का वडा अध्यक्ष फर्साराम डाँगी माथि भएको सांघातिक हमलाको घटनाको निन्दा गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । कार्यक्रमको सहजीकरण नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघ जिल्ला कार्यसमिति दाङका सचिव शिशिर अधिकारीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्