आज देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना – Kanika Khabar
Saturday, November 15Nepali News Portal

आज देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    मा प्रकाशित

कनिका संवाददाता
असार १८, काठमाडौं

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने देखिएको छ । प्रदेश १, २, गण्डकी र प्रदेश ५ का एक÷दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै आज राति सबै प्रदेशका धेरैजसो स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ का एक÷दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । वर्षा हुने क्षेत्रमा बाढी, पहिरो, डुबान तथा यातायातमा समेत अवरोध जस्ता विपद् आउने सम्भावना रहेकाले होसियारी अपनाउन आग्रह महाशाखाका मौसमविद्हरूले आग्रह गरेका छन् । हिजो र आज कम भएको वर्षा भोलीबाट अझ बढ्ने मौसमविद् बरुण पौडेलले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्