मावि सौडियारमा अङ्ग्रेजी माध्यमबाट पढाउने तयारी – Kanika Khabar
Saturday, May 4Nepali News Portal

मावि सौडियारमा अङ्ग्रेजी माध्यमबाट पढाउने तयारी

    मा प्रकाशित

घोराही,१४ चैत ।

मावि सौडियारमा नयाँ शैक्षिक शत्रवाट अग्रेजी माध्यमवाट पठनपाठन सुरु गर्ने तयारी गरेको छ । विद्यालयमा प्ले ग्रुपदेखि कक्षा ५ सम्म अग्रेजी माध्यमवाट पढाई सुरु गर्ने गरी गरेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराइले जानकारी दिएका छन् ।

विद्यार्थी र शिक्षकलाई नियमित गराउन नयाँ शैक्षिक शत्रवाट नै विद्युतीय हाजिरी सुरु हुने भन्दै तत्काल मन्टेश्वरी व्लक निर्माण गरेर नयाँ स्वयमसेवक शिक्षक प्रवन्ध गरेर विद्यालयको शैक्षिक गुणस्तर सुधार गरिने बताए । खेलकुद र नृत्य शिक्षकको ब्यवस्था गर्नका लागि पनि विद्यालयले योजना बनाएको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीको संख्या अत्यन्तै न्यून भएको भन्दै विद्यालयले वार्षिक परीक्षा सकिए लगत्तै नयाँ भर्ना अभियानमा जुट्ने अध्यक्ष भट्टराईले बताए । विद्यालयमा विद्यार्थी सख्या बढाउन सबैखाले योजना अघी बढाइएकाले अभिभावकले एक पटक विश्वास गरेर नयाँ शैक्षिक शत्रका लागि विद्यार्थी भर्ना गरिदिन विद्यालयले आग्रह गरेको छ ।

नयाँ प्रविधिलाई आत्मसात गर्दै प्ले ग्रुपदेखि नै खेल्दै, पढ्दै गर्ने विधि अनुरुप मन्टेश्वरी तालिम प्राप्त शिक्षकहरुवाट पढाई सञ्चालन गरिने विद्यालय ब्यवस्थापन समिति सदस्य जिउधन चौधरीले बताए । विद्यालयमा स्वयमसेवक शिक्षक भई काम गर्न इच्छुक तालिम प्राप्त स्थानीयसहित अन्य शैक्षिक जनशक्तिलाई विद्यालयमा निवेदन दिन आग्रह गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्