शिक्षक सरुवाको बिरोधमा नगर स्तरीय संघर्ष समिति गठन – Kanika Khabar
Friday, May 3Nepali News Portal

शिक्षक सरुवाको बिरोधमा नगर स्तरीय संघर्ष समिति गठन

    मा प्रकाशित

दाङ, चैत १४।

दाङको घोराही उपमहानगरपालिकाले ऐन नियम बिपरित दरवन्दी मिलान भन्दै गरेको शिक्षकहरुको सरुवाको बिरोधमा घोराही नगर स्थानीय संघर्ष समिति गठन गरिएको छ ।
नेपाल शिक्षक महासंघ घोराही नगर समितिको नेतृत्वमा शिक्षकहरुका सबै पेशागत संघ, संगठनहरु प्रतिनिधि सदस्य रहने गरी समिति गठन गरिएको नेपाल शिक्षक महासंघ घोराही नगर समितिका अध्यक्ष निशान्त आचार्यले जानकारी दिनुभएको छ ।
उक्त समितिले भोलि बुधबार सबै पेशागत संघसंगठनका अध्यक्ष र सचिबसँग छलफल गर्ने र पर्सि बिहिवार पीडित शिक्षकहरुसँग छलफल गर्ने निर्णय गरेको छ ।
आजको छलफलले शैक्षिक आन्दोलन तय गरी चरणवद्द रुपमा अघि बढाउने निर्णय पनि गरेको छ ।


संघीय शिक्षा ऎन र नियमावलीको बिपरित गैर कानूनी सरुवा र नमुना विद्यालयको कार्यबिधिको बिरोधमा आन्दोलन गर्नुपर्ने बाध्यतामा आफूहरू पुगेको अध्यक्ष आचार्यको भनाइ छ ।

गत चैत ८ गते शिक्षकहरुको पेशागत साझा संगठन नेपाल शिक्षक महासंघ घोराहीका अध्यक्ष लगायत शिक्षकका पेशागत संघ, संगठनहरुसँग समन्वय र छलफल नै नगरी सरुवा गरिएको भन्दै शिक्षकरुले चरणबद्ध आन्दोलन शुरु गरेका छन । घोराही उपमहानगरपालिकाले १ सय १ जनाको सरुवा गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्