सरस्वती माविमा शिक्षक तथा विद्यार्थीहरुको स्वागत र विदाई कार्यक्रम – Kanika Khabar
Saturday, May 4Nepali News Portal

सरस्वती माविमा शिक्षक तथा विद्यार्थीहरुको स्वागत र विदाई कार्यक्रम

    मा प्रकाशित

दाङ, चैत १५ ।

सरस्वती माध्यमिक विद्यालय भरतपुर (काठेकोहल) दाङमा आज एक कार्यक्रमको आयोजना गरी शिक्षक तथा विद्यार्थीहरुको स्वागत र बिदाई कार्यक्रम गरिएको छ ।
कक्षा १२ र डिप्लोमा तह सूचना प्रविधि बिषयमा तेस्रो बर्ष दोस्रो खण्ड छैठौ समेष्टरमा अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई बिदाई गरिएको हो । कक्षा ११ र डिप्लोमा तह सूचना प्रविधि बिषयमा प्रथम सेमेष्टर, तेस्रो सेमेष्टर र चौथो सेमेष्टरले आज एक सम्युक्त कार्यक्रमको आयोजना गरी १२ कक्षा र छैठौ सेमष्टरका विद्यार्थीहरुलाई बिदाई गरेका हुन ।
कार्यक्रममा नव नियुक्त शिक्षकहरु उज्ज्वल अधिकारी, सरला शर्मा र रामप्रसाद पार्धेलाई स्वागत तथा लामो समयसम्म अध्ययनपन गराउनु भएका शिक्षकहरु आशिष आचार्य र टिका बस्नेतलाई पनि बिदाई गरिएको छ । स्वागत तथा बिदाई भएर जाने र आउने शिक्षकलाई टिकाअविर र खादा लगाएर स्वागत गरिएको छ ।
चौथो सेमेष्टरका छात्र योगेश अधिकारीको सभापतित्व एंव विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा कार्यक्रम संयोजक हेमराज शर्मा, बिदाई भएर जानु भएका शिक्षक टिका बस्नेत, विद्यार्थीहरु निविन नाथ, नविना विक, देवियानी शाही, पारस न्यौपाने लगायतकाले बोल्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्