एसईईमा सहभागी विद्यार्थीलाई प्याब्सन दाङको शुभकामना – Kanika Khabar
Friday, May 3Nepali News Portal

एसईईमा सहभागी विद्यार्थीलाई प्याब्सन दाङको शुभकामना

    मा प्रकाशित

दाङ, १७ चैत्र ।
आज शुक्रबारदेखि कक्षा १० को माध्यमिक शिक्षा परिषद् (एसईई) परीक्षा प्रारम्भ भएको छ । आजदेखि प्रारम्भ भएको परीक्षामा सहभागी हुँदै गरेका परीक्षार्थीलाई प्याब्सन दाङले शुभकामना दिएको छ ।

प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसी र सचिव आदिम केसीले आज एक सन्देश जारी गर्दै परीक्षामा सहभागी हुने थालेका विद्यार्थीहरुलाई शुभकामना दिएका हुन् । ‘फमाले साङ्लोका रुपमा मानिदै आएको एसइइ परीक्षामा सहभागी हुँदै गरेका संस्थागत, सामुदायिक तथा खुला विद्यालयबाट सहभागी विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दछौँ । परीक्षामा सहभागी विद्यार्थीहरुको सफलता तथा उतरोत्तर प्रगतिको कामना गर्दछौँ । जारी शुभकामना सन्देशमा उल्लेख छ । साथै जारी शुभकामना सन्देशमा परीक्षा व्यवस्थित, मर्यादित, शान्त र भयरहित वातावरणमा सम्पन्न बनाउन आआफ्नो ठाउँमा भूमिका खेल्न परीक्षासँग सम्बन्धित सबैमा अपिल गरिएको छ ।

एसईईमा यस वर्ष नियमित र ग्रेड वृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै छन् । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा चैत २९ गते सकिनेछ ।
यस वर्ष दाङबाट परीक्षामा ७ हजार १ सय ६ जना छात्रा र ६ हजार ७ सय ४६ जना छात्र सहभागी हुन लागेका छन् । छात्रभन्दा छात्राको संख्या धेरै रहेको छ । परीक्षामा साधारण धारतर्फ ६ हजार ७ सय ६६ छात्रा रहेका छन् भने प्राविधिक धारतर्फ ३ सय ४० जना परीक्षार्थीले परीक्षा दिन थालेका छन् ।

त्यस्तै दाङमा ग्रेड वृद्धितर्फ १ सय ७४ जना छात्रा र १ सय १० जना छात्र गरी २ सय ८४ जना परीक्षार्थीले परीक्षा दिन लागेका छन् । परीक्षामा जिल्लाका १० वटा पालिकाका २ सय ३६ विद्यालयबाट परीक्षार्थी सहभागी हुन लागेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्