प्रधानमन्त्री ओलीले गरेको मध्यमार्गी प्रस्ताव प्रचण्डद्वारा अस्वीकार – Kanika Khabar
Saturday, April 20Nepali News Portal

प्रधानमन्त्री ओलीले गरेको मध्यमार्गी प्रस्ताव प्रचण्डद्वारा अस्वीकार

    मा प्रकाशित

कनिका संवाददाता
असार १८, काठामाडौं
पार्टीभित्र जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्री समेत रहनुभएका नेकपा अध्यक्ष केपी शर्मा ओलीले गरेको मध्यमार्गी प्रस्ताव पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गर्नुभएको छ । ओलीको प्रस्ताव लिएर उहाँ पक्षका नेता आज बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

तर प्रचण्डले प्रस्ताव अस्वीकार गरेको खुमलटारबाट निराश फर्किएका ओली पक्षीय नेताले बताएका छन् । नेकपाभित्र दाहाल र माधव नेपाल पक्षले जारी स्थायी समिति बैठकबाट ओलीलाई दुवै पदबाट राजीनामा गराउने तयारी थालेपछि ओली पक्षीय नेता प्रचण्ड निवास पुगेका थिए । ओलीको सन्देश लिएर नेता ईश्वर पोखरेल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल प्रचण्ड निवास खुमलटार पुगेका थिए । उनीहरुले प्रचण्ड समक्ष सरकार र पार्टी सञ्चलानमा भएका कमी कमजोरी सच्याएर अघि बढ्ने, आवश्यक परे मन्त्रिपरिषद् बैठक समेत हेरफेर गर्ने र प्रधानमन्त्रीमा ओलीलाई नै निरन्तरता दिने प्रस्ताव लगेका थिए । तर ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा गराउन सक्रियता पूर्वक लागेको दाहाल–नेपाल पक्षले सो प्रस्ताव अस्वीकार गरेको हो ।

उनीहरुले बुधबार बेलुका ललितपुरस्थित एक रेष्टुरेन्टमा भेला भएर शक्ति प्रर्दशन गरेका थिए । उक्त भेलामा ओली इतरका सबै स्थायी समिति सदस्यको उपस्थिति थियो । नेकपा स्थायी समितिका ४५ जना सदस्यमध्ये दाहाल र नेपाल पक्षमा रहेका ३० जना स्थायी समिति सदस्यको त्यहाँ जम्मा भएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्