वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति खुल्यो – Kanika Khabar
Saturday, June 14Nepali News Portal

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति खुल्यो

    मा प्रकाशित

कनिका संवाददाता
असार १८, काठामाडौं

सरकारले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति दिन सुरु गरेको छ । गत फागुन ३० देखि बन्द रहेको वैदेशिक रोजगारको लागि श्रम स्वीकृति दिने प्रक्रिया पुनः सुरु भएको हो । अब विदामा आएका कामदारलाई फेरि फर्किन श्रम स्वकृति दिन थालिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहलले जानकारी दिनुभयो । कामदारले काम गरिरहेको पुरानै रोजगारदाताकोमा काममा जान दिन अनुमति दिन थालिएको हो । नयाँ कामदारले भने विदेश जान श्रम स्वीकृति पाउने छैनन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार सात गते बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारका लागि श्रम स्वकिृति दिन सक्ने अधिकार दिएको थियो । अब वैदेशिक रोजगारी खुला भएका सबै देशमा पुन श्रम स्वीकृति लिएर नेपाली जान पाउनेछन् । काठमाडौंमा आजबाटै र उपत्यका बाहिरका प्रदेश श्रम कार्यालयबाट आइतबारदेखि सेवा दिन थालिनेछ । काठमाडौंको ताहचलस्थित वैदेशिक रोजगार कार्यालयमा सेवाग्रही लाइन बस्दा समाजिक दूरी कायम हुने गरी चिन्ह कोरिसकिएको छ । अवस्था हेरेर श्रम मन्त्रालयले नयाँ जाने कामदारको हकमा पनि निर्णय गर्न सक्नेछ । सरकारले वैदेशिक रोजगारी खुला गरेपनि नियमित हवाई उडान भने साउन सात गतेसम्म बन्द गरेको छ ।

विभागका महानिर्देशक दाहाल जानैपर्ने अवस्थामा कामदार अनुमति लिएर नेपालबाट उद्धार उडानका लागि जाने विमानमा जानसक्ने जनाइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्