मेलम्चीमा पुग्यो सहल, मार्नेलाई प्रति केजी २०० रुपैयाँ दिइने – Kanika Khabar
Saturday, June 6Nepali News Portal

मेलम्चीमा पुग्यो सहल, मार्नेलाई प्रति केजी २०० रुपैयाँ दिइने

    मा प्रकाशित

कनिका संवाददाता
असार १८, सिन्धुपाल्चोक
मेलम्ची नगरपालिका वडा नम्बर नौ मा पनि सलह पुगेको छ । थोरै संख्यामा आइपुगेको सहलले बाली खान थालेको छ । स्थानीयवासी सहल लखेट्न तथा संकलन गर्न जुटेको किसान चिनबहादुर तामाङले जानकारी दिनुभयो । यसैबीच मेलम्ची नगरपालिकाले सहल संकलन गरेर ल्याउनेलाई प्रति केजी दुइ सय रुपैयाँ दिने घोषणा गरेको छ । विषादी छर्केर वा कुनै पनि तरिकाले सहल भगाउन कृषि शाखा सक्रिय रहेको कृषि प्राविधिक हरिगोपाल श्रेष्ठले जानकारी दिनुभयो । किसानका बाली क्षति हुन नदिनका लागि नगरले सक्रियताका साथ काम गरिरहेको नगर प्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो । यसअघि मेलम्ची भेगमा थाङपालधाप, पाल्चोकमा पनि सहल देखिएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्