खोटाङमा हालसम्म चार सय ७५ जनाको पिसिआर परिक्षणमा १० जनामा कारोना – Kanika Khabar
Monday, April 13Nepali News Portal

खोटाङमा हालसम्म चार सय ७५ जनाको पिसिआर परिक्षणमा १० जनामा कारोना

    मा प्रकाशित

कनिका संवाददाता
असार १८, खोटाङ
खोटाङमा हालसम्म चार सय७५ जनाको पिसिआर परिक्षण गरिएको छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिमामा चार सय ७५ जनाको पिसिआर परिक्षण गरिएको हो । पिसिआर परिक्षणकाक्रममा १० जनामा कोरोनो पुष्टी भएको खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी श्याम राइले जानकारी दिनुभयो ।

हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पाँच जना, हलेसी तुवाचुङ नगरपालिकामा चार जना, र ऐसेलुखर्क गाउँपालिकामा एक जना संक्रमित फेला छन् । हलेसी तुवाचुङ नगरपालिकाका संक्रमित चार जना उपचारपछि घर निको भएर घर फर्किसकेका छन् भने अन्य संक्रमित ६ जनाको कोरोना उपचार केन्द्र विराटनगरमा उपचार भैरहेका जनाइएको छ ।

राइका अनुसार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक सय ३८, हलेसी तुवाचुङ नगरपालिकाका एक सय ७५ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ३२ जना, खोटेहाङ गाउँपालिकामा ३१ जना, ऐसेलुखर्क गाउँपालिकाका ५० जना, जन्तेढुंगा गाउँपालिकाका २२ जना, बराहपोखरी गाउँपालिकाका सात जना, साकेला गाउँपालिकाका १५ जना र रावाबेँसी गाउँपालिकाका पाँच जनाको पिसिआर परिक्षण गरिसकिएको छ ।

तर केपीलासगढी गाउँपालिकामा भने कसैको पनि पिसिआर परिक्षण नगरिएको प्रशासनले जनाएको छ । साथै, हालसम्म जिल्लामा एक हजार पाँच सय ८४ जनाको द्रुत परिक्षण गर्दा २७ जनाको पोजिटिभ रिपोर्ट देखिएकोे जनाइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्