विश्व प्रसिद्ध भक्तपुरको ङाता पोल मन्दिरको जीर्णोद्धार सम्पन्न – Kanika Khabar
Saturday, August 15Nepali News Portal

विश्व प्रसिद्ध भक्तपुरको ङाता पोल मन्दिरको जीर्णोद्धार सम्पन्न

    मा प्रकाशित

कनिका संवाददाता
असार १८, भक्तपुर

भक्तपुरको विश्व प्रसिद्ध ङाता पोल (पाँच तल्ले) मन्दिरको जीर्णोद्धार कार्य आज सम्पन्न भएको छ । २०७२ सालको विनासकारी भूकम्पले मन्दिरको पाँचौ तल्ला पूरै र अन्य ठाउँमा पारेको चिराको मर्मत एवं झिंगति छाउने कार्य आज पूरा गरेको ङाता पोल (पाँच तल्ले) मन्दिर जीर्णोद्धार समितिले जनाएको हो ।

भक्तपुर नगरपालिकाको ६५ लाख रुपैयाको लागतमा गत मंसिरदेखि बनाउन थालेको मन्दिरको जीर्णोद्धार पूरा हुँदा ३४ लाख रुपैयाँ मात्र खर्च गरेको छ भने मन्दिर जिर्णोद्धारका लागि स्थानीयबाट ११ लाख रुपैयाँ नगद र अन्य जिन्सी सामग्री समेत सहयोग प्राप्त हुनुका साथै दुइ हजार ६ सय भन्दा बढी स्वयंसेवकले श्रमदान गरेको स्थानीय जनप्रतिनिधी पूर्णगोपाल राजचलले जानकारी दिनुभयो ।

जीर्णोद्धार कार्य सम्पन्न भएसँगै खत हटाउने र मन्दिरको पाँचै खुट्कीलामा ढुँगा बिछ्याउने तथा परम्परागत रंगरोगन कार्य भने अर्कोचरणमा गर्ने उपभोक्ता समितिका अध्यक्ष केशव तमखुले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्