कोरोना परीक्षणको दायर बढाउन सात वटा आरएनए एक्ट्राक्सन मेसिन थपिने – Kanika Khabar
Friday, April 18Nepali News Portal

कोरोना परीक्षणको दायर बढाउन सात वटा आरएनए एक्ट्राक्सन मेसिन थपिने

    मा प्रकाशित

कनिका खबर
असार १९, दाङ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको दायर बढाउन विभिन्न ठाउँमा सात वटा आरएनए एक्ट्राक्सन मेसिन थप गर्ने निर्णय गरेको छ । धेरै व्यक्तिको कोरोना परीक्षण गर्न आरएनए एक्ट्राक्सन मेसिन सात वटा थप गर्न लागिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाले जनाएको हो ।

ती मेसिनमा क्षमता वृद्धि गरी अटोमेटिक सिस्टम थप गर्ने प्रक्रिया सुरु भएको प्रयोगशालाका निर्देशक डाक्टर रुना झाले जानकारी दिएकी हुन् । डा झाका अनुसार कोरोना परीक्षणका लागि आएका नमुनालाई पुलिङ गर्ने प्रक्रिया पनि सुरु भइसकेको छ । एक्ट्राक्सन विना पनि ड्राइ स्वाब भन्ने नयाँ प्रविधिमार्फत कोरोना परीक्षण गर्न निर्देशिका सरकारले बनाइरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्