गण्डकी प्रदेशका चार जिल्लामा ३२ संक्रमित थपिए – Kanika Khabar
Thursday, February 13Nepali News Portal

गण्डकी प्रदेशका चार जिल्लामा ३२ संक्रमित थपिए

    मा प्रकाशित

कनिका खबर
असार १९, कास्की ।
गण्डकी प्रदेशका चार जिल्लामा आज बिहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बिहान साढे ६ मा एक प्रेश विज्ञप्ति प्रकाशित गरी नवलपुरमा १९, तनहुँमा ९, पर्वतमा ३ र बागलुङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
नवलपुरको कावासोती नगरपालिकाका ११ जना पुरुष र तीन जना महिला, मध्यबिन्दु नगरपालिकाका ४ जना पुरुष र एक महिला संक्रमित भएका छन् । तनहुँको ऋषिङ गाउँपालिकाका ७ जना र भिमाद नगरपालिकाका २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
पर्वतको बिहादी गाउँपालिका, फलेवास नगरपालिका र पैयुँ गाउँपालिकाका एक÷एक जना पुरुष र बागलुङको जैमिनी नगरपालिकाका १ जना पुरुष संक्रमित भएका छन् । भरतपुर अस्पताल चितवन र प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परिक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिए । संक्रमित सबै १९ देखि ४९ वर्ष उमेर समूहका रहेका छन् । संक्रमित सबैजनालाई सम्बन्धित जिल्लाको पायक पर्ने आईसोलेसनमा ल्याउने तयारी सुरु भएको शर्माले बताए । योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ६३ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्