चलचित्र विकास बोर्डको प्रवक्तामा बुढाथोकी नियुक्त – Kanika Khabar
Monday, February 16Nepali News Portal

चलचित्र विकास बोर्डको प्रवक्तामा बुढाथोकी नियुक्त

    मा प्रकाशित

काठमाडौं,५ बैशाख । चलचित्र विकास बोर्डको प्रवक्तामा बोर्ड सदस्य के एल बुढाथोकी नियुक्त भएका छन् ।

चलचित्र विकास बोर्डका कामकारबाही तथा गतिविधिहरुलाई पारदर्शी बनाई उजागर गर्न र चलचित्र विकास बोर्डसंग सम्बन्धित जानकारीलाई एकद्वाररुपमा जानकारी गराउने जिम्मेवारीसहित सोमबार बसेको बोर्ड बैठकले बुढाथोकीलाई प्रवक्ता नियुक्त गरेको हो ।

विगत २५ वर्षदेखि कला साहित्य संचार क्षेत्रमा सक्रिय बुढाथोकीले थारु भाषाको सांस्कृतिक फिल्म ‘भुइँयार’, कमलरी प्रथामा आधारित फिल्म ‘लावाजुनी लगायत दर्जन जति नाटक र वृत्तचित्रको लेखन तथा निर्देशन गरेका छन् ।

मोफसलमा रहेर चलचित्र निर्माण कार्यशाला, महोत्सव लगायत गतिविधिहरु नियमित संचालन गर्दै आएका बुढाथोकी नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष समेत हुन् । बुढाथोकीका आधा दर्जन साहित्यिक कृति, १ गीति एल्बम प्रकाशित छन् । अभिव्यक्ति स्वतन्त्रता एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका बुढाथोकीले सैनिक हिरासत र निर्वासन भोगेका छन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्