गढवाका सहकारीहरुलाई तालिम – Kanika Khabar
Tuesday, February 17Nepali News Portal

गढवाका सहकारीहरुलाई तालिम

    मा प्रकाशित

आलोक भावुक
गढवा, ७ बैशाख ।

दाङको गढवा गाउँपालिका सहकारी शाखाले तीन दिने कोपोमिस तालिम संचालन गरेको छ । तालिमको उद्घाटन गर्दै गाउँपालिकाका उपाध्यक्ष शारदाकुमारी चौधरीकोले कोपोमिस तालिम पश्चात सहकारी संस्थाहरुमा देखिदै आएको समस्या केही हदसम्म भएपनि कम हुने र सहकारीहरुको कार्यसम्पादन सहज हुने बताए ।

कोपोमिस तालिम आफैमा एकदमै महत्वपूर्ण तालिम भएको भन्दै गढवाका सहकारी संस्थाहरु प्रविधि युक्त भए सञ्चालनमा ठुलो सहयोग पुग्ने बताएका हुन । तालिमबाट सहकारी संस्थाको आर्थिक गतिबिधिलाई पारदर्शी बनाउन कोपोमिस तालिम प्रभावकारी हुने उपाध्यक्ष चौधरीले बताए । साथै सम्पूर्ण प्रसिक्षार्थीलाई ध्यान पूर्ण तालिममा सहभागी भइ यस अबसरको फाइदा लिन समेत अनुरोध समेत गरेका थिए ।

त्यसैगरी तीन दिने कोपोमिस तालिमको उद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका शहकारी शाखा प्रमुख अशोककुमार यादवले तालिमबाट सहकारी गरिवी सूचना व्यवस्थापन प्रणालीबाट सहकारीहरुलाई नियमन गर्न तथा सूचना प्रवाह गर्न टेवा पुग्ने बताए । साथै तालिमले सहकारी संस्थाभित्र सुशासन कायम गर् थप सहयोग पुग्ने बताए ।

तालिममा गढवा गाउँपालिकामा क्रियाशील सहकारीहरु मध्येबाट २५ वटा सहकारी संस्थाहरुको सहभागिता रहेको शाखाले जनाएको छ। तालिममाको उद्घाटन सत्रमा गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी,७ नं. वडा सदस्य रेखा थापा, रोजगार शाखाका सत्यपाल यादवलगायतको उपस्थिति रहेको थियो। तालिमको प्रशिक्षकमा दिलकुमार वली रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्