तुलसीपुरकाे बजार ५ बजेसम्म खुल्ने – Kanika Khabar
Thursday, March 20Nepali News Portal

तुलसीपुरकाे बजार ५ बजेसम्म खुल्ने

    मा प्रकाशित

कनिका खबर
असार १९, दाङ ।
अब दाङकाे तुलसीपुर बजार बेलुका ५ बवेसम्म खुल्ने भएकाे छ । कोभिड १९ को संक्रमणलाई लक्षित गरेर विहान १२ वजेसम्म खुल्दै आएको तुलसीपुर बजार साँझ ५ बजेसम्म खुल्ने भएको हाे । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा तुलसीपुर उपमहानगरपालिकामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
“सामाजिक दुरी र अन्य सुरक्षा व्यवस्था अपनाएर साँझ ५ वजेसम्म बजार खुला गर्ने निर्णय भएको छ” विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमणको अबस्था हेरेर समय हेरफेर गरिने भएको छ ।
५ वजेसम्म पसल खोल्न निर्णय गरेपनि भीडभाड हुने होटेल, जिम क्लव, नाइ लगायतका पसल भने नखुल्ने भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्