पार्टी एकता जोगाउन नेकपाको दोस्रो पुस्ता नेताको सक्रियता – Kanika Khabar
Friday, February 14Nepali News Portal

पार्टी एकता जोगाउन नेकपाको दोस्रो पुस्ता नेताको सक्रियता

    मा प्रकाशित

कनिका संवाददाता
असार १९, काठमाडौं
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको अन्तरविरोध जटिल बन्दै गएपछि सहमतिका लागि दोस्रो पुस्ताका नेताले पनि बेग्लै भेला र छलफल थालेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल तीनै पक्षका दोस्रो पुस्ताका नेताहरु बिहान एकै ठाउँमा भेला भएर शीर्ष नेतालाई विवाद चर्किने खालका गतिविधि नगर्न खबरदारी गर्ने निर्णय गरेका हुन् ।

आज बिहान पुल्चोकस्थित कृषिमन्त्री घनश्याम भुसालको निवासमा भएको भेलामा केपी ओली पक्षका नेता विष्णु रिमाल, शंकर पोखरेल, प्रदीप ज्ञवाली समेतको सहभागिता थियो । भेलामा प्रचण्ड पक्षका टोपबहादुर रायमाझी, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, वर्षमान पुन र मणि थापा सहभागी थिए । त्यसैगरी माधव नेपाल समुहका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराई सहभागी थिए । पार्टीभित्रको एकता बचाइराख्न र परिस्थिति अरु बिग्रन नदिनका लागि सबैले आ–आफ्नो समूहका शीर्ष नेतालाई आग्रह गर्ने निर्णय भएको भेलामा सहभागी नेताले जानकारी दिएका छन् । भेलामा एक अर्कामा दूरी बढ्ने गतिविधि नगर्न र कार्यकर्तालाई नउराल्न सबैले आ–आफ्ना नेतासँग आग्रह गर्ने सहमति भएको छ ।

दोस्रो पुस्ताका नेताको भेलाले एकताको आधार खोज्ने सहमति पनि गरेको छ । यसका लागि थप छलफल गर्दै जाने नेतावीच सहमति पनि भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्