दाङ, २७ वैशाख ।
नक्कली भूटानी शरणार्थी प्रकरणका विषयमा तथ्य र प्रमाणका आधारमा समाचार सम्प्रेषण गर्न नेपाल प्रहरीले सञ्चारमाध्यामसँग अनुरोध गरेको छ।
आज बुधबार प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले एक विज्ञप्ति जारी गरी तथ्यमा आधारित र वस्तुगत प्रमाणमा आधारित रहेर अनुसन्धानलाई सारभूतरुपमा निष्कर्षमा पु¥याउन नेपाल प्रहरी प्रतिबद्ध रहेको उल्लेख गर्दै तथ्य र प्रमाणका आधारमा समाचार सम्प्रेषण सञ्चार माध्यमहरुलाई आग्रह गरेका हुन् ।
सही, सत्य र तथ्यमा आधारित सूचना र समाचार सम्प्रेषण गरी नेपाल प्रहरीलाई अनुसन्धान कार्यमा सहयोग गर्न पनि अनुरोध गरिएको छ।



