सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले नाम नवीकरण गर्न आग्रह – Kanika Khabar
Wednesday, June 24Nepali News Portal

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले नाम नवीकरण गर्न आग्रह

    मा प्रकाशित

तिर्थराज ज्ञवाली
असार १९, दाङ ।

राप्ती गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले नाम नवीकरण गर्न अनुरोध गरेको छ ।

राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले एक सुचना जारी गरी राप्ती क्षेत्रका सम्पुर्ण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले आगामी श्रावण मसान्तभित्र वडा कार्यालयमा नाम नवीकरण गर्न अनुरोध गरेका छन् ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग सिंहदरवार काठमाडाँैको प्राप्त पत्र अनुसार सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५ अनूरुप सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई नवीकरण गर्न अनुरोध गरिएको राप्ती गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका एम आईएस अपरेटर नारायण बहादुर राउतले जानकारी दिए ।
विगतका वर्षमा प्रत्येक आर्थिक वर्षको श्रावण १ गतेदेखि पौष मसान्तभित्र नाम नवीकरणको लागि निवेदन दिनुपर्ने व्यवस्था रहेकोमा हाल सो व्यवस्था परिवर्तन भएको राउतले बताए ।
हाल सामाजिक सुरक्षा निमावली २०७६ लागु भईसकेपछि नियमावलीको नियम ९ अनुरुप प्रत्येक आर्थिक वर्षको श्रावण मसान्तभित्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेको छ ।
सो परिवर्तित व्यवस्था अनुरुप हरेक सामाजिक सुरक्षा भक्त खानेले श्रावण मसान्तभित्र आ आफ्नो वडा कार्यालयमा गई नाम नवीकरण गर्नको लागि सबै लाभग्राहीहरुमा अनुरोध गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्