नेकपाको बहुप्रतीक्षित बैठक स्थगित – Kanika Khabar
Friday, April 26Nepali News Portal

नेकपाको बहुप्रतीक्षित बैठक स्थगित

    मा प्रकाशित

कनिका खबर
असार २०, दाङ ।
नेकपा स्थायी कमिटीको (नेकपा) को बहुप्रतीक्षित बैठक स्थगित भएको छ । आज निर्धारित गरिएको बैठक सुरु हुनभन्दा केही समय अगाडि स्थगित भएको हो । बैठकको लागि अर्को मिति असार २२ गते सोमबारलाई तोकिएको छ ।

बैठक सुरु हुनभन्दा पहिले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक छलफलमा जुटेका थिए । अध्यक्षद्वय परामर्शमै रहेकाले बैठक स्थगित भएको नेकपा नेताहरु बताउँछन् ।

शुक्रबार दुवै अध्यक्षले छलफल गर्ने र शनिबार स्थायी कमिटी बैठक बस्ने शीर्ष तहमा सहमति भएको थियो । शुक्रबार छलफल भए पनि ठोस सहमति हुन सकेको थिएन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्