आज दुइ सय ३२ जनामा कोरोना पुष्टि, आजै दुइ जनाको मृत्यु – Kanika Khabar
Friday, March 29Nepali News Portal

आज दुइ सय ३२ जनामा कोरोना पुष्टि, आजै दुइ जनाको मृत्यु

    मा प्रकाशित

कनिका संवाददाता
असार २०, काठमाडौं
नेपालमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित संख्या १५ हजार चार सय ९१ पुगेको छ । आज मात्र दुई सय ३२ जनामा कोरोना सङ्क्रमित थपिएसँगै सङक्रमित हुनेको संख्या १५ हजार चार सय ९१ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना जित्नेको संख्या ६ हजार चार सय १५ पुगेको छ । पछिल्लो २४ घण्टामा दुइ सय ७२ जना डिस्चार्ज भएका मन्त्रालका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा ३३ हजार एक सय २५ रहेका छन् भने आइसुलेसनमा नौ हजार ४२ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा २३ प्रयोगशाला चार हजार ५० नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट दुई लाख ४२ हजार दुई सय ४७ र द्रुत परिक्षण विधिबाट तीन लाख १० हजार तीन सय जनाको नमूना परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना सङ्क्रमणबाट थप दुइ जनाको मृत्यु भएको पुष्टि भएको छ । गोरखा, पालुङटारका ४४ वर्षका पुरुष र रुपन्देही, देवदहका ७५ वर्षका पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । पालुङटारका पुरुष १६ गते कतारबाट आएका थिए । पालुङटारको जीवनज्योति माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बस्दा स्वास्थ्य बिग्रिँदै गएपछि जिल्ला अस्पतालको आइसोलेनमा भर्ना गरिएको थियो । उपचारकै क्रममा कोरोना सङ्क्रमण पुष्टि भयो । उनको २० असारको दिन विहान पाँच बजेर पाँच मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । देवहदका पुरुष क्षयरोगको उपचारका लागि १४ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा उनको १७ गते निधन भयो ।

त्यसको भोलिपल्ट उनमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्