कोरोना समुदाय स्तरमा नफैलिएको सरकारको दाबी – Kanika Khabar
Friday, March 29Nepali News Portal

कोरोना समुदाय स्तरमा नफैलिएको सरकारको दाबी

    मा प्रकाशित

कनिका संवाददाता
असार २०, काठमाडौं
सरकारले कोेरोना भाइरस (कोभिड १९) समुदायस्तरमा नफैलिएको दाबी गरेको छ । काठमाडौ, ललितपुर र भक्तपुरलगायतका जिल्लामा कोरोना समुदायस्तरमा फैलिएको भन्ने खबरको खण्डन गर्र्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायस्तरमा नभइ स्थानीयस्तरमा छिटफुट रुपमा कोरोना देखिएको जनाएको हो ।

मन्त्रालय मातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले सीआईएनसँग कुराकानी गर्दै काठमाडौँका बिभिन्न स्थानबाट नमूना संकलन गरी जाँच गर्ने अभियान आजबाट चलाइएको बताउनुभयो । नेपालमा कोरोना संक्रमति १५ हजारभन्दा धेरै पुगेका छन् भने धेरै जसो आयातित व्यक्तिमा सङ्क्रमण देखिएको छ ।

सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले समुदायस्तरमा कोरोनाको सङ्क्रमण फैलाउनका लागि नागरिकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । ९६ प्रतिशत बाहिरबाट आएका व्यक्तिमा कोरोना देखिएको छ भने उनीहरु अधिकांश १५ देखि ४० वर्ष उमेरका छन् ।

कोरोनाका कारण ३२ जनाको मृत्यु भए पनि अर्को कुनै रोगसँग नजोडिएका जम्मा ५ जना मात्र रहेको पाइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्