भुटानी शरणार्थी प्रकरण : खाणकाे पक्षमा बहस गर्न दर्जन बढी अधिवक्ता इच्छुक – Kanika Khabar
Tuesday, February 17Nepali News Portal

भुटानी शरणार्थी प्रकरण : खाणकाे पक्षमा बहस गर्न दर्जन बढी अधिवक्ता इच्छुक

    मा प्रकाशित

काठमाडौं, २१ जेठ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका पूर्व गृहमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाणको पक्षमा बहस गर्न एक दर्जन बढी अधिवक्ताहरू इच्छुक देखिएका छन्।

काठमाडौं जिल्ला अदालतमा आज सुरु हुने थुनछेक बहसमा खाणको पक्षमा बहस गर्न दुई पूर्व महान्यायधिवक्ता र नेपाल बार एशोसियनका अध्यक्षलगायत तीन जनाले बहस गर्ने भएका हुन्।

पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती, महादेव यादव र बारका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्षद्धय शेरबहादुर केसी र प्रेमबहादुर खड्कालगायतका वरिष्ठ अधिवक्ताले बहस गर्नका लागि नाम टिपाएका छन्।

सरकारका पक्षबाट भने सरकारी वकिल कार्यालयका अधिवक्ताहरू महेश खत्री, जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, शेरबहादुर परियार, निर्मला मरासिनी र प्रकाश घिमिरेले बहस गर्नेछन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्