काँग्रेसद्धारा कर्णाली प्रदेशसभा बैठक बहिष्कार – Kanika Khabar
Friday, October 23Nepali News Portal

काँग्रेसद्धारा कर्णाली प्रदेशसभा बैठक बहिष्कार

    मा प्रकाशित

कनिका संवाददाता
असार २०, काठमाडौं

बजेटप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले कर्णाली प्रदेशसभा बैठक बहिष्कार गरेको छ । आज बसेको बैठकमा काँग्रेस सांसद उपस्थिति नै भएनन् । मन्त्रालयको छुट्टाछुट्टै योजना सहित किताब नआएपछि बैठकमा भाग नलिइएको विपक्षी दलका नेता नेता जीवनबहादुर शाहीले बताउनुभयो ।

सबै मन्त्रालयको बजेट किताब मन्त्रालयगत रुपमा नआइसकेको कारण बैठकमा सहभागी नभएका उहाँले बताउनुभयो । काँग्रेसले सबै मन्त्रालयका अलग–अलग रातो किताब बनाउनुपर्ने माग गर्दै आएको छ । सरकारले भने सबै मन्त्रालयको योजना समेटेर एउटै किताब प्रदेशसभामा वितरण गरेको थियो । कर्णाली प्रदेशसभामा कांग्रेसका ६ सांसद छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्