कोरोना भाइरस विरुद्धको चीनियाँ खोपको क्लिनिकल परीक्षणका लागि अनुमति – Kanika Khabar
Thursday, June 11Nepali News Portal

कोरोना भाइरस विरुद्धको चीनियाँ खोपको क्लिनिकल परीक्षणका लागि अनुमति

    मा प्रकाशित

कनिका डेस्क
असार २०, दाङ
ब्राजिल सरकारले कोरोना भाइरस विरुद्धको चीनियाँ खोपको क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ । ब्राजिलको नियमित स्वास्थ्य जाँच संस्थानले चीनले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपको क्लिनिकल परीक्षणका अनुमति दिएको हो । यस क्लिनिकल परीक्षणमा चीनको सिनोभेक र ब्राजिलको एक औषधि उद्योग सहभागि हुने छन् । ब्राजिलको ६ राज्यमा चीनले विकास गरेको खोपको परीक्षण हुने जनाइएको छ । ब्राजिल विश्वकै दोस्रो कोरोना प्रभावित मुलुक हो ।

जहाँ हालसम्म कोरोना भाइरसका कारण १५ लाख ४५ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् भने ६३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्