सांसद गिरीले बालेनको प्रशंसा गर्दै सांसदलाई दिए ‘झोले’ को संज्ञा – Kanika Khabar
Monday, February 16Nepali News Portal

सांसद गिरीले बालेनको प्रशंसा गर्दै सांसदलाई दिए ‘झोले’ को संज्ञा

    मा प्रकाशित

दाङ, २८ जेठ ।
नेपाली कांग्रेसका नेता तथा सांसद दीपक गिरीले सांसदहरूलाई ‘झोले’ को संज्ञा दिएका छन् ।

आज आइतवारको प्रतिनिधि सभा बैठकमा सांसद गिरीले सांसदहरूलाई झोले सांसदको संज्ञा दिएका हुन् । सांसद गिरीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले सांसदहरूलाई वडाअध्यक्षको स्तरमा पुर्‍याइदिएको भन्दै साहको प्रशंसा गरे।

सरकारले आउँदो आर्थिक वर्षको बजेटमा प्रत्येक निर्वाचन क्षेत्रमा पाँच करोड रुपैयाँ बजेट विनियोजन गर्ने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम ल्याएपछि काठमाडौँका मेयर साहले सांसदहरू वडाध्यक्षको तहमा आइपुगेको टिप्पणी गरेका थिए। त्यही प्रसङ्गलाई लिएर सांसद गिरीले भन्नुभयो, ‘म त बालेनजीलाई सलाम गर्छु, उहाँले कमसेकम हामी झोले सांसदहरूलाई वडाध्यक्षको तहमा पुर्‍याइदिनुभयो ।’

यस्तै सांसद गिरीले आउँदो आर्थिक वर्षदेखि बजेट घोषणा बिहान १० बजे गर्नुपर्ने बताए। उनले भारतको तत्कालीन कम्पनी सरकारको सिको गर्दै नेपालमा पनि दिउँसो ४ बजे बजेट घोषणा गरिएको भन्दै आउँदो आर्थिक वर्षदेखि बिहान १० बजे घोषणा गर्नुपर्ने बताए । तत्कालीन भारतमा कम्पनी सरकार रहँदा बेलुका ४ बजे घोषणा गर्नुको रहस्य बेलायतमा बिहान १० बजेको हुने र ब्रिटिसहरूलाई उपयुक्त समय पारिएको भन्दै नेपालले त्यो कुराको सिको गरिरहनु आवश्यक नभएको उनको भनाइ छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्