देशलाई गम्भीर संकटमा फसाउने प्रयत्न हुदैछ : महामन्त्री सिंह – Kanika Khabar
Sunday, May 19Nepali News Portal

देशलाई गम्भीर संकटमा फसाउने प्रयत्न हुदैछ : महामन्त्री सिंह

    मा प्रकाशित

घोराही, ३० जेठ ।

नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले नेपालको राष्ट्रियता संकटोन्मुख अवस्थामा रहेको बताएका छन् ।

राष्ट्रिय जनमोर्चा दाङले मंगलवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री सिंहले नेपाली जनताले लामो संघर्षबाट प्राप्त गरेका उपलव्धी उल्टाउनका लागि स्वदेशी तथा बाध्यशक्तिहरु संक्रिय रुपमा लागेको बताएका हुन । उनले राजतन्त्रवादीहरुको संक्रियता र विदेशीहरुको चलखेल त्यसको उदाहरणका भएको समेत बताएका थिए ।

पत्रकार सम्मेलनमा महामन्त्री सिंहले भने,‘सय वर्ष लामो संघर्ष,त्याग र बलिदानीबाट प्राप्त गणतन्त्र, धर्मरिपेक्षतालगायतका उपलब्धिलाई उल्टाउन प्रतिक्रियावादी शक्तिहरु सक्रिय भएर लागेका छन् ।’ उनले प्रमुख दलहरु गैरजिम्मेवार बन्दा नेपाली जनताले प्राप्त गरेको उपलव्धी कसले रक्षा गर्ने भन्ने चुनौती समस्याका रुपमा देखा परेको बताएका थिए । प्रमुख दलहरु जनतासँग गरेको बाचा र भावना विपरितका कार्यहरु गर्दा जनताहरुमा निराशा छाएको र त्यसको फाइदा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको बताए ।

उनले जनताको मत प्राप्त गरेपनि राष्ट्रिय स्वतन्त्र पार्टीको निती ठिक नभएको बताएका थिए । उनले भने,‘राष्ट्रिय स्वतन्त्र पार्टी अमेरिकाबाट परिचालित पार्टी हो। जनताको मत पाउँदैमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ठिक भन्न सकिदैन ।’ उहाँले पहिले अमेरिकाले भारत तथा विभिन्न पार्टीका मार्फत नेपालमा हस्तक्षेप गर्ने गरेपनि पछिल्लो समय खुल्ला रुपमै प्रतिष्पर्धामा उत्रिएको भन्दै यसले देशलाई गम्भीर संकटमा पार्ने बताउनुभयो ।

उहाँलले यसअघि अमेरिकाले यहाँका पुराना दललाई प्रयोग गरी नेपालमाथि हस्तक्षप गर्दै आएकोमा अहिले नयाँ राजनीतिक दलनै खोलेर नेपालमाथि हमला गरिरहेको पनि सिंहको भनाई छ । उहाँले भन्नुभयो,‘भारतले नेपालको सिमा अतिक्रम गर्दै लामो समयदेखि नेपालीलाई दःुख दिने काम गरिरहेको बेला अमेरिकाले पनि हस्तक्षप गर्न थालेको छ । अमेरिकाले एमसीसी र एसपीपीमार्फत नेपालमा अमेरिकी सामराज्यबाद लाद्न खोजेछ । यसले देशलाई गम्भीर संकटमा फसाउने देखिन्छ ।’

उहाँले आफ्नो पार्टीले सरकारलाई सर्मथन गरेपनि नागरिकता विधेयक,अन्तराष्टि सम्वन्धलगायतका धेरै विषयमा फरक मत भएकाले सरकारमा नगएको बताउनुभएको थियो । तर संविधान,गणतन्त्र, धर्मनिरपेक्षतालगायतको संरक्षण र भ्रष्टाचारलगायतको अन्त्यका लागि काम गर्ने कुराहरुमा समानता भएकाले समर्थन गरेको बताउनुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्