राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य – Kanika Khabar
Sunday, May 19Nepali News Portal

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

    मा प्रकाशित

काठमाडौं, ३० जेठ ।

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ । बाँसबारीमा रहेकाे सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको हाे ।

आज मङ्गलवार बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुग्नुभएका उहाँलाई अस्पतालले डाक्टरकाे सल्लाहअनुसार २४ घन्टासम्म अवलोकनमा राख्ने अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिए । उनका अनुसार राष्ट्रपति पौडेललाई भाेलि बुधवारसम्म डिस्चार्ज गर्ने तयारी छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्