रोटरी र लायन्सको अध्यक्षमा हमाल – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

रोटरी र लायन्सको अध्यक्षमा हमाल

    मा प्रकाशित

शरद रेग्मी
तुलसीपुर, २० असार ।
रोटरी क्लव अफ तुलसीपुर सिटी र लायन्स क्लव अफ दाङ वर्ष २०२०/२०२१ का लागि दुबै संस्थामा युवा व्यवसायी सुरेश हमाल अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् ।
यसअघिका पदाधिकारीहरुको कार्यकाल सकिएपछि स्वतः हमाल दुबै संस्थाको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
हमालको अध्यक्षतामा गठित रोटरी क्लव अफ तुलसीपुरको इलेक्टेड प्रिसिडेन्टमा शिवप्रसाद श्रेष्ठ, नोमिनी प्रिसिडेन्टमा यज्ञबहादुर केसी, उपाध्यक्षहरुमा विनिल केसी, सन्दीप रिजाल र इन्जिनियर पवन योगी निर्वाचित भएका छन् । सचिवमा देवेन्द्र केसी, कोषाध्यक्षमा दुर्गाबहादुर केसीलगायत अन्य सदस्यहरु चुनिएका छन् ।
त्यसैगरी हमाल नेतृत्वकै लायन्स क्लव अफ दाङको प्रथम उपाध्यक्षमा हेमन्त डाँगी, दोस्रो उपाध्यक्षमा गणेश अधिकारी, तेस्रो उपाध्यक्षमा भागवत घिमिरे निर्वाचित भएका छन् ।
त्यसैगरी सचिवमा विनिल केसी, कोषाध्यक्षमा लोकबहादुर विष्ट, सहसचिव भोजराज न्यौपाने चुनिएका छन् । दुबै संथामा केही दिनपछि पदभार ग्रहणको कार्यक्रम तय हुने दुबै संस्थाका अध्यक्ष हमालले बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्