घोराहीका विद्यालयहरु आगामी शुक्रबारसम्म बन्द – Kanika Khabar
Sunday, May 19Nepali News Portal

घोराहीका विद्यालयहरु आगामी शुक्रबारसम्म बन्द

    मा प्रकाशित

घोराही, ३१ जेठ ।
दाङको घोराही उपमहानगरपालिका अन्तर्गतका विद्यालयहरुमा आगामी शुक्रबारसम्म पठनपाठन बन्द रहने भएको छ । आजसम्म पठनपाठन स्थगित गरिएको भए पनि अत्यधिक गर्मीका कारण विदा थप गरिएको हो ।

यसअघि जेठ २६ गतेदेखि ३१ गतेसम्म गर्मी बिदा गरेको घोराही नगर प्याब्सनले आज एक विज्ञप्ति जारी गरी शुक्रबारसम्म बिदा थपेको जानकारी दिएको छ । संस्थागत विद्यालयहरु जेठ २६ बाटै बिदा भए पनि सामाजिक विकास महाशाखा घोराहीले जेठ २८ गतेदेखि आगामी शुक्रबार असार १ गतेसम्म गर्मी विदा दिएको थियो ।

अब घोराहीका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा असार ३ गते आइतबारबाट पठपाठन हुने भएको छ । नेपालमा अझै मनसुन भित्रिनसकेको र लामो समयदेखि दाङमा पानी नपरेका कारण गर्मी अत्यधिक बढ्दै गएको छ । गर्मीका कारण जनजीवन कष्टकर बन्दै गएको छ । अत्यधिक गर्मीमा बाहिर ननस्किन, घरभित्रै बस्न र बाहिर निस्कन परे पनि गर्मी कम भएको समयमा छाता प्रयोग गरेर मात्र निस्कन चिकित्सिकहरुले सुझाएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्