बाल चलचित्र महोत्सवको उत्घाटन सञ्चारमन्त्री रेखा शर्माले गर्ने – Kanika Khabar
Monday, February 16Nepali News Portal

बाल चलचित्र महोत्सवको उत्घाटन सञ्चारमन्त्री रेखा शर्माले गर्ने

    मा प्रकाशित
दाङ । चलचित्र विकास बोर्डको आयोजनामा हुने दाङमा हुने प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सवको उत्घाटन सञ्चार मन्त्री रेखा शर्माले गर्नुहुने भएको छ ।
दाङको घोराहीमा असार १–३ गतेसम्म हुन थालेको महोत्सवको उट्घाटन नेपाल सरकार प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री शर्माले गर्नुहुने भएको हो । नेपालमा पहिलो पटक हुन लागेको बाल चलचित्र महोत्सवको पहिलो दिनको असार १ गतेकाे कार्यक्रम मन्त्री शर्माले उट्घाटन गर्ने तालीका तय भएकाे बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताउनुभयाे ।
महोत्सवको पहिलो दिन स्थानीय समुदायका लोक नृत्य, झाँकी तथा साँस्कृतिक झल्कने गरी सहित शोभा यात्रा गरिनेछ । घोराहीको जिल्ला समन्वय समितिको दाङको परिसारबाट सुरु हुने शोभा यात्रा बजार क्षेत्र हुँदै महोत्वस स्थल घोराही–१४ स्थित बुहउद्देश्यीय सभा गृहमा पुगेर  कार्यत्रममा सहभागी हुँनेछ।
महोत्सवमा नेपाली चलचित्र क्षेत्रका सदाबहार नायक एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, संगीतकार चेतन सापकोटा, वरिष्ठ गायिका सत्यकला राई, लगायतका कलाकारहरुको उपस्थिती रहनेछ ।
बालबालिका तथा किशोरकिशोरीहरुलाई आफ्नो कथा भन्ने र हेर्ने वातावरण तयार गर्ने, उनीहरु माझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अघि बढाउने तथा हरेक बालबालिकाको मनोरञ्जनको अधिकारको संरक्षण तथा  प्रवर्द्धन गर्ने उद्देश्यले  प्रथम बाल चलचित्र महोत्सव आयोजना गर्न लागिएकाे हो ।
बोर्डका प्रवक्ता एवम्  महोत्सवका संयोजक केएल बुढाथोकीका अनुसार नायक केसीले …बालबालिकासंग भुवन केसी कार्यक्रम मार्फत आफ्नो सिने यात्रा र नेपाली चलचित्रबारे अन्तर्कृया गर्नेछन् ।
 महोत्सवमा चलचित्र प्रदर्शन, चलचित्र ज्ञान सम्बन्धी हाजिरी जवाफ, चलचित्र गीतमा नृत्य प्रतियोगिता, अभिनय प्रतियोगिता, ”बालबालिकासंग भुवन केसी” पुस्तक तथा फोटो प्रदर्शनी तथा अन्तर्किया कार्यक्रम आयोजना गरिने बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताउनुभयाे ।
"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्