संस्कृत शिक्षालाई खोज अनुसन्धानमा केन्द्रित गर्नुपर्छ : प्रधानमन्त्री – Kanika Khabar
Monday, February 16Nepali News Portal

संस्कृत शिक्षालाई खोज अनुसन्धानमा केन्द्रित गर्नुपर्छ : प्रधानमन्त्री

    मा प्रकाशित

दाङ, ३१ जेठ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कृत शिक्षालाई खोज अनुसन्धानमा केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयको पाँचौ दीक्षान्त समारोहमा विद्यार्थीहरुलाई दीक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा स्थापना भएका अन्य विश्वविद्यालयका तुलनामा नेपाल संस्कृत विश्वविद्यालयको स्थापना हुनुमा फरक उद्देश्य रहेकाले संस्कृत शिक्षाको आधुनिकीकरण गर्दै यसलाई समयानुकूल ढंगले पाठ्यक्रम परिमार्जन गर्दै लैजाने बताउनुभयो ।

संस्कृत विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्डले नेपालकै दोस्रो ठुलो विश्वविद्यालयले पौरस्त्य मूल्यमान्यता,संस्कार,संस्कृति र आदर्शको सम्बर्धन एवम विकासमा दिएको योगदान प्रशंसनीय रहेको बताउनुभयो । उहाँले संस्कृत भाषा प्राचीन भाषा मात्र नभई प्राच्य दशएन र चिन्तनको अपार ज्ञानभण्डार रहेको बताउनुभयो ।

दीक्षान्त समारोहमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विविध कारणले १२ वर्षसम्म विगतका वर्षहरुमा दीक्षान्त समारोह आयोजना नसकेतापनि आगामी वर्षहरुमा नियमितरुपमा दीक्षान्त समारोह आयोजना गरिने बताउनुभयो । विश्वविद्यालयका सहउपकुलपति समेत रहेका राईले संस्कृत वाङ्मयभित्र रहेको ज्ञानलाई आुधुनिक विधि र प्रविधिकामाध्यमबाट युगसापेक्षा,समाजउपयोगी र जीविकामुखी बनाउँदै लैजानुपर्ने बताउनुभयो ।

समारोहमा विश्वविद्यालयका उपकुलपति प्राडा यादवप्रकाश लामिछानेले शास्त्री तहको पाठ्यक्रम २२ वर्षपछि परिमार्जन गरी कार्यान्वयनमा ल्याएको बताउनुभयो । उहाँले आयुर्वेद स्नातक तह कक्षा विएएमएस सञ्चालनमा ल्याएको र स्थापत्य शास्त्र अध्यापनका लागि पाठ्यक्रम तयारी अवस्थामा रहेको बताउनुभयोे । उपकुलपति लामिछानेले एकिकृत प्राकृतिक चिकित्सा अस्पताल र आयुर्वेद जडिबुटी उद्यान निर्माणका लागि प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

दीक्षान्त समारोहमा २०६७ सालदेखि २०७६ सालसम्म शास्त्री, एक वर्षे शिक्षा शास्त्री, आयुर्वेद स्नातक तह(विएएमएस), आचार्य र विद्यावारिधि उत्तीर्ण गरेका चार हजार सात सय ७३ जनामध्ये दीक्षितका लागि आवेदन दिएका पाँच सय ७५ जना विद्यार्थीहरू दीक्षित गरिएको थियो सम्पूर्णानन्द विश्वविद्यालय वाराणसीका कुलपति प्राध्यापक हरेराम त्रिपाठीको प्रमुख आतिथ्यतामा समारोह सुरु भइरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्