नेपाल सरकारको मुख्य सचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त – Kanika Khabar
Sunday, May 19Nepali News Portal

नेपाल सरकारको मुख्य सचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त

    मा प्रकाशित

काठमाडौँ, ३२ जेठ ।

नेपाल सरकारको मुख्य सचिव पदमा डा. वैकुण्ठ अर्याल नियुक्त भएका छन् । मुख्य सचिवमा नियुक्त भएसँगै उनले कार्यभारसमेत सम्हालेका छन्। आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

उनले सूचना तथा सञ्चार, उद्योग वाणिज्य तथा आपूर्ति, योजना आयोग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा काम गरेका छन्। सहसचिव रहँदा लामो समय अर्थ मन्त्रालयको बजेट महाशाखामा काम गरेका थिए।

बजेटको समयमा खारेज गरिने निकायको अध्ययन पनि उनी नेतृत्वको कमिटीले नै गरेको थियो। उनी २०४९ सालदेखि शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका हुन्।

त्यस्तै आज बसेको मन्त्रीपरिषद्को बैठकले हालका मुख्य सचिव शंकरदास वैरागीलाई भने राष्ट्रिय सुरक्षा परिषद सल्लाहकार नियुक्त गरेको छ। वैरागीको कार्यकाल आगामी असोज मसान्तसम्म छ ।

हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छन् । सचिवको रुपमा उनको पाँच वर्षे कार्यकाल आगामी असार तीन गते सकिंदै थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्