बजेटमा लुम्बिनी प्रदेश : ४० अर्ब ४७ करोड ८९ लाख ९७ लाख रुपैया (बजेट भाषणको पूर्ण पाठ) – Kanika Khabar
Sunday, May 19Nepali News Portal

बजेटमा लुम्बिनी प्रदेश : ४० अर्ब ४७ करोड ८९ लाख ९७ लाख रुपैया (बजेट भाषणको पूर्ण पाठ)

    मा प्रकाशित

दाङ, १ असार ।

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८०/०८१ कालागि करिब ४० अर्ब बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले शुक्रबार मास्कीले ४० अर्ब ४७ करोड ८९ लाख ९७ लाख रुपैया बराबरको बजेट ल्याएका हुन् ।

जसमा चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार र पुजिगत तर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार बजेट ल्याएको छ । त्यस्तै वित्तिय हस्तान्तरणका तर्फ ३ अर्ब ५८ करोड ९७ लाख बजेट ल्याएको हो । जुन चालु तर्फ ३३.६८ प्रतिशत, पुजिगत तर्फ ५७.४५ प्रतिशत र वित्तिय हस्तान्तरण तर्फ ८.८७ प्रतिशत रहेको छ ।

आगामी बर्ष आन्तरिक राजश्वबाट ६ अर्ब ७३ करोड ५१ लाख, संघबाट प्राप्त हुने राजश्व बाँडफाँटबाट ११ अर्ब ३१ करोड ७४ लाख, संघबाट प्राप्त हुने रोयल्टी २९ करोड, स्थानीय तहबाट बाँडफाँट भई प्राप्त हुने राजश्व २ अर्ब ५० करोड ३० लाख रुपैँया प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै संघीय सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदानबाट ८ अर्ब १४ करोड ८३ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८३ करोड ५९ लाख, समपुरक अनुदानबाट ८४  करोड, बिशेष अनुदानबाट ५६ करोड, चालु आर्थिक बर्षको नगद मौज्दातबाट ३ अर्ब र आन्तरिक ऋणबाट १ अर्ब  २५ करोड परिचालन हुने अनुमान रहेको छ ।

चालु बर्ष २०७९/०८ मा ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट आएको थियो । तर, यो पटक २ अर्ब १५ करोड कम बजेट आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्