राष्ट्रपति रामचन्द्र पौडेल फेरि अस्पताल भर्ना – Kanika Khabar
Sunday, May 19Nepali News Portal

राष्ट्रपति रामचन्द्र पौडेल फेरि अस्पताल भर्ना

    मा प्रकाशित

काठमाडौँ, २ असार ।
राष्ट्रपति रामचन्द्र पौडेल फेरि अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।

राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी चिकित्सकहरूको निगरानीमा राखिएको उनका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिए । राष्ट्रपति पौडेललाई के भएको हो भन्ने बारेमा केही खुलाइएको छैन ।

राष्ट्रपति पौडेलको मुटुमा समस्या भएपछि गत मंगलबार शहीद गङ्गालाल हृदयरोग केन्द्रमा एन्जियोग्राम गरि बुधबार डिस्चार्ज भएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्