दाङकाे नारायणपुरमा ४१ जनामा सिकलसेल एनिमिया पोजिटिभ – Kanika Khabar
Sunday, May 19Nepali News Portal

दाङकाे नारायणपुरमा ४१ जनामा सिकलसेल एनिमिया पोजिटिभ

    मा प्रकाशित

घोराही, २ जेठ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा आज गरिएको निशुल्क सिकलसेल एनिमिया जाँच शिविरमा स्क्रिनिङ गर्दा ४१ जनामा सिकलसेल एनिमिया देखिएको छ ।

ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजना तथा घोराही उपमहानगरपालिकाको सहकार्यमा आज आयोजित निशुल्क सिकलसेल एनिमिया जाँचसम्बन्धी निशुल्क शिविरमा परिक्षणका लागि पुगेको ४ सय १२ जनाको रगत स्क्रिनिङ गर्दा ४१ जनामा सिकलसेल एनिमिया पोजिटिभ देखिएको छ । स्क्रिनिङ गरिएका ४ सय १२ जनामध्ये करीव १० प्रतिशतमा सिकलसेल एनिमिया देखिएपछि सो क्षेत्रमा थप संक्रमित हुन सक्ने आशंका गरिएको स्वास्थ्य कार्यालय दाङले बताएको छ ।

स्क्रिनिङ गर्दा ४ जना पुरुष र ३७ जना महिलामा सिलकसेल पोजिटिभ देखिएकाले डिजिज वा ट्रेट पहिचान गरी उपचारमा सहजता ल्याउन पहल हुने आयोजकले जनाएको छ । समुदायमा सिकलसेलकै कारण कैयौले उपचारका क्रममा ठूलो धनराशी खर्चेको, घरपरिवारमा आर्थिक संकट देखिएको, जन्मिने बालबालिकामा समेत सक्रमण देखिने अवस्था बढ्दै जान थालेपछि यसको रोकथाम गर्न रोगी पहिचान गर्न थालिएको हो ।

यसअघि जिल्लाको ७ वटा पालिकाहरु घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा, राजपुर, राप्ती र दंगीशरण गाउँपालिकामा रगत परीक्षण गरिएकोमा ३ सय २८ जनामा सिकलसेल एनिमिया पुष्टि भएका थियो । कुल दुई हजार ८ सय २ जनाको परिक्षण गर्दा ३ सय २८ जनामा सिकलसेल एनिमिया पुष्टि भएको थियो ।

स्वास्थ्य कार्यालय दाङका अनुसार राप्तीमा ४ सय १८ जनाको परिक्षण गर्दा ५४ जना, गढवामा ४ सय २१ जनाको परिक्षण गर्दा ४१ जना, लमही नगरपालिकामा ४ सय १६ जनाको परिक्षण गर्दा ४८ जनामा सिकलसेल एनिमिया पुष्टि भएको छ । यसैगरी, राजपुर गाउँपालिकामा १ सय ३ जनाको परिक्षण गर्दा १० जना, दंगीशरणमा ४ सय ५ जनाको परिक्षण गर्दा ६६ जना, तुलसीपुर उपमहानगरमा ४ सय ५४ जनाको परिक्षण गर्दा ७२ जना र घोराही उपमहानगरपालिकामा ४ सय ५२ जनाको परिक्षण गर्दा ३७ जनामा सिकलसेल एनिमिया पुष्टि भएको थियो ।

जिल्लाका सबै पालिकाका वडा वडामा सिकलसेल एनिमिया पहिचान गरी रोकथामका लागि धेरै जनाको स्क्रिनिङ हुनुपर्ने देखिएको स्वास्थ्य कार्यालय दाङका निमित्त कार्यालय प्रमुख डम्बरबहादुर कुँवरले बताउनुभयो । आज आयोजित निशुल्क शिविर उदघाटनमा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले रोग लुकाएर बस्न नहुने भन्दै आफ्नो र आउने पुस्ताका लागि स्वास्थ्य परिक्षण अनिवार्य भएको बताउनुभयो ।

सिकलसेल रोगकै कारण आर्थिक अवस्था कमजोर हुने परिस्थिती नहोस् भन्ने उद्देश्यका साथ सहयोगी संस्थाहरुको सहकार्यमा गरिएको शिविरले पालिकाको स्वास्थ्य सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा मेट लाईफ नेपालका असिस्टेन्ट प्रेसिडेन्ट तथा चिफ डिस्ट्रिव्युसन अफिसर अरुण बस्नेत, वडा नम्बर १० का कार्यवाहक अध्यक्ष केशरी विश्वकर्मा, घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्ती, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष सन्तोष सुवेदीलगायतले बोल्नुभएको थियो ।

शिविरमा सिसहनिया स्वास्थ्य चौकी, लक्ष्मीपुर स्वास्थ्य केन्द्र, नारायणपुर स्वास्थ्य प्रवर्धन केन्द्र, घोराही उपमहानगरपालिका स्वास्थ्य शाखालगायतको स्वास्थ्यकर्मी टोलीले सहयोग गरेको छ । घोराही १० नारायणपुर स्वास्थ्य प्रवर्द्धन केन्द्र प्रमुख डिल्लीराज आचार्यको स्वागत एवम् विषय प्रवेशबाट शुरु भएको कार्यक्रमको सहजीकरण ग्रामीण महिला उत्थान केन्द्रका पार्वती बस्नेतले गर्नुभएको थि

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्