मौसम डायरी : कोशी र गण्डकी प्रदेशमा भारी वर्षा – Kanika Khabar
Sunday, May 19Nepali News Portal

मौसम डायरी : कोशी र गण्डकी प्रदेशमा भारी वर्षा

    मा प्रकाशित

दाङ, ३ असार ।
हाल मनसुनको प्रभाव नेपालको पूर्वी तथा मध्य भूभागमा छ। बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेश देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ।

कोशी प्रदेशको थोरै र कर्णाली प्रदेश पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।अहिले संखुवासभा, पाँचथरको फिदीम र जुम्लातिर हल्का पानी परिरहेको छ।

आज कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थान बाहेक अन्य स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्